ताजा समाचार

इटलीमा कोरोनाभाइरसका कारण मर्नेको संख्या १२ हजार ४ सय २८ पुग्यो

काठमाडौं । कोरोना भाइरसबाट विश्वमा सबैभन्दा बढी आक्रान्त बनेको युरोपियन देश इटालीमा एकैदिन ८ सय ३७ जनाको मृत्यु भएको छ ।

योसँगै मृतकको संख्या १२ हजार ४ सय २८ पुगेको छ । विगत २४ घन्टामा इटालीमा ४ हजार ५३ नयाँ संक्रमित थपिए । संक्रमितको कूल संख्या १ लाख ५ हजार ७ सय ९२ पुगेको छ । संक्रमितमध्ये ४ हजार २३ जनाको स्थिती गम्भीर छ ।

अहिलेसम्म उपचारपछि १५ हजार ७ सय २९ जना घर फर्किएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *