ताजा समाचार

सभापति देउवाको सरकारलाई प्रश्न- आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने यो के हो ?

काठमाडौं।नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले धार्चुलामा रहेका नेपालीहरुलाई तत्काल प्रक्रिया पुरा गरेर नेपाल आउने वातावारण बनाउन सरकारसंग जोडदार माग गरेका छन ।

सभापति देउवाले ट्वीटमार्फत भनेका छन आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने यो के हो? दार्चुला सदरमुकाम पारी भारतको धार्चुलामा रहेका सयौ नेपालीहरुलाई आवस्यक प्रक्रिया पुरा गरेर तत्काल नेपाल आउने वातावरण बनाउन म सरकारसँग जोडदार माग गर्दछु।

आफ्ना नागरिक फिर्ताले, नेपाल नाका खुल्ला गर भन्दै दार्चुला सदरमुकामा पारी भारतको धर्चुलामा अलपत्र परेका हजारौ नागरिकहरु भोकभोकै नारावाजी गरिरहेका छन ।

यस्ताे छ  धार्चुलामा अलपत्र परेका नेपालीहरूकाे नारावाजी 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *