ताजा समाचार

कोरोना कहरः इटालीमा मर्नेको संख्या ११ हजार नाघ्यो, स्पेनमा एकैदिन ९ सय बढीको मृत्यु

एजेन्सी ।कोभिड १९ (कोरोना भाइरस) संक्रमणबाट ज्यान गुमाउनेको संख्या इटालीमा मात्रै ११ हजार ५ सय ९१ पुगेको छ ।
मंगलबार प्रकाशित तथ्यांक अनुसार, इटालीमा कुल १ लाख १ हजार ७ सय ३९ जनालाई कोरोना संक्रमण भइसकेको छ। सोमबार मात्र थप ४ हजार ५० जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित मध्ये १४ हजार ६ सय २० जना भने उपचारपछि घर फर्किएका छन् ।

उता, स्पेनमा कोरोनाले झनै भयावह रुप लिदै छ । विगत २४ घन्टामा ७ हजार ८ सय ४६ जना संक्रमित देखिएका छन् र योसँगै संक्रमितको संख्या ८७ हजार ९ सय ५६ पुगेका छन् । कोरोनाबाट सोेमबार सबैभन्दा धेरै ९ सय १३ जनाको ज्यान गएको छ । यो स्पेनमा ज्यान गुमाउनेहरुको सबैभन्दा उच्च संख्या हो ।

विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७ हजार ८ सय ८० पुगेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *