काठमाडौं ।विश्वभर भयावह बन्दै गएको कोरोना संक्रमण (कोभिड(१९) को संक्रमित अमेरिका सबैभन्दा धेरै भेटिएका छन् । संक्रमितको संख्या अमेरिकामा उच्च छ । एकै दिन करिब २० हजारमा संक्रमण देखिएको छ ।
त्यहाँ अहिलेसम्म १ लाख ६३ हजार ४ सय ७९ जनामा संक्रमण पिुष्टि भइसकेको छ।
त्यस्तै कोरोनाबाट ज्यान गुमाउने संख्या पनि दिनानुदिन बढ्दै छ । सोमबार मात्र उच्च संख्यामा कोरोना संक्रमितको मृत्यु भएको छ ।
अहिलेसम्मकै सबैभन्दा धेरै ५ सय ६५ जनाको मृत्यु भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत कोरोनाबाट अमेरिकामा सबैभन्दा धेरैको ज्यान जाने आाकलन गरेका छन् । अहिलेसम्म मर्नेको संख्या ३ हजार १ सय ४८ जना पुगेको छ । त्यस्तै निको भएर घर फर्कनेको संख्या पनि एकदम न्यून छ । एक लाख बढी संक्रमित भएकोमा मात्र ५ हजार बढी उपचारपछि घर फर्किएका छन् ।




