ताजा समाचार

अवराेध सैह्य छैन,जनताको दुःखमा सधै मेरो साथ रहन्छ : पूर्वमान्त्री बस्नेत

काठमाडौं।नेपाली कांग्रेसका नेता एवं पूर्व सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले जनताको दुःख आफू टुलुटुल हेरेर बस्न नसक्ने बताएका छन । लकडाउनले मजदुर श्रमिक भाेकभोकै बस्नु पर्ने अवस्था सिर्जना हुँदा समेत सरकारले उनीहरु लक्षित कार्यक्रम नल्याएको भन्दै आपत्ति जनाएका छन् । सरकारले प्रभावकारी कदम नचालेका कारण आफू व्यक्तिगत रुपमा जनताको सेवामा होमिएको बताएका छन ।


कोरोना भइरसको महामारीको समेत प्रवाह नगरी जनताको सेवामा होमिएका पूर्वमन्त्री बस्नेतलाई रोक्न नेकपाका नेताहरुले प्रशासनलाई दवाव समेत दिन थालेका छन । अत्यावस्यक स्वास्थ्य सामग्री वितरण गर्न बाह्रविसे पुगेका बस्नेतको लोकप्रियताबाट त्रशित एकाथरी नेकपाका कार्यकर्ताले विरोध जनाएका थिए । परोपकारी काममा होमिएका बस्नेत सिन्धुपाल्चोकबासीका प्रशंशसका पात्र बनेका छन । सत्ताको महत्वपूर्ण जिम्मेवारीमा रहेका नेकपाका नेताहरुले महामारीको अवस्थामा समेत जिल्लाबासीका दुःखमा साथ नदिएको भन्दै नेकपा कै कार्यकर्ताले समेत बस्नेतलाई साथ दिन थालेका छन ।
झिल्को डटकममा प्रकाशित समाचार राजनीति पूर्वाग्रह र आफ्नो राजनीतिक चिरित्र हत्या गर्न प्रकाशित गरिएको झुटो समाचार भएको भन्दै खण्डन गरेका छन ।
चैत्र १७ गते झिल्को डटकममा राजनीतिक र व्यक्तिगत चरित्र हत्या गर्ने दुराशयले समाचार प्रकाशन गरिएको समाचार सत्य नभएकाले भ्रममा नपर्न आग्रह गरेका छन । अहिलेको विशम परिस्थितिमा सकरात्मक समाचार प्रवाह गर्न समेत नेता बस्नेतले आग्रह गरेका छन ।
उक्त भ्रामक समाचार प्रकाशित हुँदा बस्नेतले सुनकोशी गाउँपालकिाका विभिन्न वाडामा पुगेर स्वास्थ्य सामाग्री पीपीइ सेट, सेनिटाइजर,माक्स,ग्लोप ,एप्रोन,पारासिटामल,क्वाराटाङन बोड,आइसुबेड जस्ता सामाग्री वितरण गर्न व्यस्त थिए ।
बस्नेतसंग जोडेर झिल्को डककममा राजनीतिक पूर्वाग्रह साध्न रसुवाका कांग्रेस नेता एवं सांसद मोहन आचार्य र सांसद प्रमे तामांगलाई राहत बाँडिरहेका बेलामा प्रहरीले समातेको समाचार समेता भ्रामक समाचार प्रकाशन गरेको थियो ।
जनताका सुख दुःखका सारथी बस्नेतले यस अघि पनि दुई स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । लकडाउन भएपछि पूर्वमन्त्री बस्नेतले जिल्लाका सडक मजदुर र बृद्धवृद्धाहरुलाई खाद्यन्न लगायतका अत्यावस्क सामाग्री वितरण गरेका थिए । बस्नेत अहिलेको विषम परिस्थितिमा जिल्लाका विभिन्न ठाउँमा पुगेर स्वास्थ्य सामाग्री र खाद्यन्न वितरण गरिरहेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *