ताजा समाचार

स्वास्थ्य सामाग्री प्रदेश कार्यालयमा, केमिकल स्थलमार्गबाट लगिदै

काठमाडौं । कोभिड–१९ (कोरोना) भाइरस रोकथामका लागि केमिकल बाहेकका स्वास्थ्य उपकरण मात्रै प्रदेश कार्यालयमा पुगेका छन् । मेडिकल सामान मध्ये केमिकल बाहेक सामान लिएर सेनाको स्काइ ट्रक प्रदेश प्रदेशमा गएका छन् । मेडिकल सामाग्री बोकेर सोमबार विहान विराटनगर र सुर्खेत गएको नेपाली सेनाको स्काई ट्रक बीचबाटै फर्किएपछि केमिकल काठमाडौमै छाडेर अरु सामान मात्रै प्रदेश कार्यालयमा पुगेका हुन् । सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण तथा अन्य सामान लिएर विराटनगर, सुर्खेत, धनगढी गएको नेपाली सेनाको स्काई ट्रक सामान नपुर्याई फर्किएको थियो । क्लोरिन, मास्क, स्यानिटाजर, पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर नेपाली सेनाको स्काई ट्रक उडेपनि क्लोरिन र स्यानिटाइजरबाट आएको पिरो गन्धले विमान उडाउन नसक्ने अवस्था आएका कारण फर्किएको थियो ।
विमानस्थल स्रोतले दिएको जानकारी अनुसार क्लोरिन, स्यानिटाइजर लगायतका केमिकल काठमाडौमै छाडेर अरु सामान मात्र ढुवानी गरिएको छ । स्काई ट्रकबाट जम्मा ५ सय केजी समान मात्रै लगिएको छ । स्यानिटाइजर लगायतका केमिकल स्थलमार्गबाट आज नै पठाइने स्रोतले जनाएको छ । सरकारले चीनबाट ल्याएका सामान आज प्रदेश प्रदेशमा पठाइएको छ । चीनबाट आएको क्लोरिन धेरै प्रकारका भए पनि यो विशेष प्रकारको क्लोरिन भएकाले यस्तो गन्ध आउने बताइएको छ । क्लोरिन २० मिनेटजति फैलिएपछि मान्छेको मृत्युसम्म हुने गरेको बताइन्छ । यसले टाउको दुख्नेलगायतका असर देखापर्छ । धनगढी जान लागेको सेनाको स्काईट्रक महासेनानी रामसुन्दर बोहोराले उडाएका थिए । भने विराटनगर महासेनानी आशिषनरसिंह राणा र सुर्खेत सुवर्ण विष्टले उडाएका थिए । धनगढी र विराटनगर उडेको १० मिनेटमा स्काईट्रकका पाइलटको आँखामा आशुं आउने, नशामा समस्या आउने लगायतका समस्या देखिएको थियो विमानस्थल स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *