महर्षि मेधातिथीले बेदका बिद्घानहरुले अनुशरण गरेको घृणा र अमर्यादावाट अलग रहेका तथा धर्मात्माहरुद्घारा अनुमोदित कुरानै धर्म हो भनी परिभाषा गरेका छन ।
धर्मलाई कानून भनिएको छ । धर्म मान्नु भनेको कानूनको पालना गर्नु हो र जसले कानूनको पालन गर्दैन उसले दण्ड बेहोर्नु पर्ने व्यवस्था पनि बेद र अन्य स्मृति उपनिषदमा बर्णित छ । शुरुमा बेद एउटा मात्रै थियो पछि चार भागमा बिभक्त गरियो । गरुण पुराण लगायत सवै ग्रन्थहरु भाष्यकारहरु भारतमा जन्मिएका भएपनि धेरैले ऋषि महर्षिहरुले नेपालमा रहेका हिमालयको काखमा बसेर ती स्मृति तथा काव्यहरुको रचना गरेका प्रमाणहरु हालका दिनहरुमा बिस्तारै बाहिर आउन थालेका छन । भनिन्छ योग र प्राणायामका आबिष्कारक ऋषि पतञ्जलीले नेपालको अर्धाखाँची क्षेत्रमा बसेर अनेक औषधिहरुको पनि आबिष्कार गरेका थिए । औषधि बिज्ञान सम्वन्धी बेद आयुर्बेद हो । अहिले नेपालको उच्च पहाडी क्षेत्रमा हजारौको मात्रामा जडीबुटी पाइन्छन । तर बेदआदी धर्मशास्त्रले बताएका कुरालाई हामीले वास्ता गरेनौ पश्चिमाहरुले बेदलाई अध्ययन अनुसन्धान गरि तिनै जडीबुटी प्रशोधन गरि औषधी तयार गरि हामीलाईनै बेच्दछन । महर्षि मनुको नाम बेदको पहिलो व्याख्याकारको रुपमा लिइन्छ । यसलाई मनुस्मृति भनिन्छ । त्यसपछि महर्षि बृहस्पतिको नाम आउँछ । उनले नेपालको हिमालको काखमा अवस्थित पहाडमा बसेर बृहस्पति स्मुतिको रचना गरेका थिए । भारतका बर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपालकोे मुक्तिनाथ क्षेत्रमा लामो समय बिताएको चर्चा चलेको थियो ।
हिन्दु धर्म जीवन पद्धति वा मार्ग हो । हिन्दु धर्मले सद्बिचार, सद्व्यवहार र नैतिकतालाई जोड दिन्छ । हिन्दुहरुले अरुलाई सम्मानपूर्वक अभिवादन नमस्ते वा नमस्कार गर्दछन । नमस्कारको अर्थ मेरा आत्माले तपाईको आत्माको सम्मान गर्दछ । तपाई बिश्वमा जहाँ रहेपनि त्यो ठाउँको सम्मान गर्दछु । तपाईमा रहेको ज्योति , प्रेम सत्य सुन्दरता र शान्तिको सम्मान गर्दछु , किनभने यी मभित्र पनि छन । यी कुराहरुलाई साझा बनाउन हामी एकतावद्ध छौ , हामी समान छौ र हामी एक छौ भन्ने हो ।
. हिजो एक अनलाइन पत्रिकामा प्रकाशित एउटा लेखमा यूरोपमा १५९ बर्ष अधि एक जना डाक्टरले सावुन पानीले हात धुन सल्लाहा दिएको रहेछ त्यहि सल्लाहा अहिले कोरोनाको संक्रमणका बेलामा पालन गर्नु पर्ने भयो भनिएको रहेछ ।
ंसिंगापूरका स्वास्थ्य मन्त्री गान किम योंगले हालै दिएको जानकारी अनुसार भाइरस भएको सतहलाई कसैले छुन्छ , उसको हातको माध्यमवाट ती भाईरस सर्न सक्छ । त्यस्तो भाईरस संक्रमण भएको हात धोएको छैन भने उसले नाक, आँखा वा मुख छुदा उपनि संक्रमित हुन बन्न सक्छ । त्यसकारण हामीले हाम्रो हात धुने गर्नुपर्छ । कोरोना भाइरसको संक्रमणवाट हामी जोगिने सवैभन्दा प्रभाकारी उपाय भनेकै व्यक्तिगत सरसफाईको अभ्यास बढीभन्दा बढी गर्नुनै हो । हामीले नियमित रुपमा साबुन पानीले हात धुने गर्नुपर्छ । सार्थ हामीले हाम्रा हातहरुले अनुहार छोईबस्ने वानी पनि पन्छाउनु पर्छ ।
हामी पूर्वीय दर्शन मान्ने हिन्दुहरु हात मात्र होइन पानीले गोडा धुने पनि गर्दछौ । हाम्रा पूर्खाहरुले पानीले हात धुनेमात्र होइन , पूरै शरीर मिचिमिचि नुहाउने वानी पनि पालना गर्दा रहेछन । कतिपय सरुवा रोगहरुको उपचार एकान्त स्थानमा कुटी वा गोठ बनाएर बिरामीलाई राखेर गर्ने पनि चलन रहेछ । अहिले बिरामीलाई एकान्तमा राखिन्छ र उपचार गरिन्छ । हो हाम्रा पूर्खाहरुले अवलम्वन गरेको बिधी प्रकृयालाई हामीले भुल्यौ त्यस्को पालना गर्न पश्चिमाहरुले सिके र अहिले हामीलाईनै सिकाइरहेका छन ।
धरमा गाईको गहुत छर्कनेमात्र होइन हरेक बिहान धरका चुलो चौको वा अरु भूई गाईको गोवरले लिप्ने पोत्ने गर्दथे । गाईको गहुत र गोवर किट नाशक पदार्थ हो भन्ने मान्यता रहेको रहेछ । बिहान सौच गर्न जादा लोटामा पानी लिएर जाने पानीले धोई पखाली गर्ने र धारो वा कुवामा गएर माटो खरानीेले हात मिचिमिचि धुने र पानीले राम्रोसंग पखाल्ने हामी हिन्दु धर्म मान्नेहरुको चलन हो । तर आज भोली दिसा पानीले धुने होइन , कागजले दिसा पुछ्ने गरिन्छ । पुरानो चलन ठीक कि नयाँ चलन ठीक ?
सानो छदा घरमा पाहुना आउदाको अवस्था अहिले पनि सम्झना छ । खाना तयार भएपछि पाहुनासमेतलाई खाना तयार भएको सूचना दिदा खाना तयार भयो हात गोडा धुन धोती फेर्न भनिन्थ्यो । यसो गर्नुको कारण लगाएको लुगामा जीवाणु हुने भएकोले खाना खादा ती लुगा पूmकाल्ने र धोती फेर्ने भनिएको हुनुपर्छ । खाना खाइसकेपछि पनि राम्रोसंग हात धोई पखाली गरिन्थ्यो । अचेल ती सव केहि नगरी भात हातले होइन चम्चाले खाइन्छ । यो हाम्रो रितिरिवाज संस्कारको प्रतिकुल छ । अहिले कोरोनाको प्रकोप शुरु भएपछि भने वारम्वार सावुन पानीले हात धुने वानी बसालौ भनी सबैलाई अनुनय गरिन्छ ।
बेलायतीहरुले कलकत्तामा इष्ट इण्डिया कम्पनी स्थापना गरे र त्यहिवाट भारत भर व्यापार बिस्तार गरे । तर जव बेलायतीहरु आए त्यहाँ दुई अनौठा दृष्य देखे । एका बिहानै हातमा पानीको लोटा लिएर कुनै खुल्ला वा झाडी भएको ठाउँमा मानिसहरु गएको देखे।नीहरुलाई थाहा भयो उनीहरु सौच गर्न गएका रहेछन । सौच सकेपछि इनार वा कुवामा गएर माटोले मिचिमिची हात धोइरहेका छन । त्यसपछि दोश्रो, तिनीहरु जस्तै जाडो चिसो याममा पनि नुहाइरहेका हुन्छन ।
हाल सावुन पानीले हात धुने गरौ भनिन्छ तर यतिमात्र होइन हाम्रा पूर्खाहरुले अवलम्वन गरेको हाल सिंगापुरका स्वास्थ्य मन्त्रीले सरसफाईमा ध्यान दिने भनेको हाम्रा पूर्वजहरुले आप्mनो शरीर वा आप्mनो वासस्थानको सफाई गर्नु पर्दछ भनेको कुरामा भिन्नता नै के रहेछत ?




