ताजा समाचार

अत्यावस्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न बाह्रविसे पुगेका पूर्वमन्त्री बस्नेतमाथि सत्ता पक्षको विवेकहिन व्यवहार

काठमाडौं।नेपाली कांग्रेसका नेता एवं पूर्व सञ्चार मन्त्री मोहन बहादुर बस्नेतलाई स्वास्थ्यकर्मीको सुरक्षा सामाग्री पीपीई हस्तान्तरण गर्न प्रहरीले रोकेको छ । अत्यावस्यक स्वास्थ्य सामग्री वितरण गर्न पुगेका बस्नेतको लोकप्रियताबाट त्रशित नेकपाका कार्यकर्ताले समेत विरोध जनाएका थिए ।
प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा पीपीई हस्तान्तर गर्न पुगेका बस्नेतलाई सशस्त्र र जनपद प्रहरीले अस्पतालको ढोकामा रोकेको कांग्रेस नेता हरिशरण श्रेष्ठले बताए । एकजुट भएर महामारीको सामना गर्नु पर्ने बेलामा राज्य सत्ताको आडमा सिन्धुपाल्चोकको प्रशासनले विवेकहीन आदेश जारी गरेको  भन्दै श्रेष्ठले  आपत्ति प्रकट गरे । सरकारसंग प्रयाप्त स्वास्थ्य सामाग्री भएर बस्नेतलाई पीपीई वितरण गर्न रोक लागाइएको भने होइन । राजनीतिक पूर्वाग्रहका आधारमा स्वास्थ्य सामग्री वितरण गर्न रोक लगाइएको स्थानीयहरु बताउँछन्। प्रहरीले स्वाथ्य सामाग्री अस्पतलामा वितरण गर्न नदिएपछि बस्नेतले वडा अध्यक्ष सानु तामाङलाई पीपीइ सामाग्री हस्तान्तरण गरेको श्रेष्ठले बताए ।
जनताका सुख दुःखका सारथी बस्नेतले यस अघि पनि दुई स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । लकडाउन भएपछि पूर्वमन्त्री बस्नेतले जिल्लाका सडक मजदुर र बृद्धवृद्धाहरुलाई खाद्यन्न लगायतका अत्यावस्क सामाग्री वितरण गरेका थिए । बस्नेत अहिलेको विषम परिस्थितिमा पनि जिल्लावासीको सेवामा क्रियाशील छन ।
विश्वव्यापी महामरीको रुप लिएको कोरोना भाइरस नियन्त्रणकोे सामथ्र्य जुटाउन नसकेको सरकार सहयोगी हातहरुलाई समेत नियन्त्रणमा लिन अभियानमा लागेको छ । यो महामासरीसंग जुध्न सबैको साथ लिएर अघि बढ्नु पर्ने समयमा सरकार नै विवेकहीन ढंगले प्रस्तुत हुँदा नागरिमा निराशा छाएको छ । निराशा पनि किन नबढोस,मुलुक महाविपत्तिमा फसेको बेला सरकार भने भ्रष्टाचरको दलदलमा फसेको छ । प्रचलित बजार मूल्यभन्दा दोब्बवर बढी मूल्यको बील बनाएर खर्बौको स्वास्थ्य सामग्री खरिद गरेको छ । सवैको ध्यान कोरोना नियन्त्रणतर्फ गएको बेला सरकारले भने अनियमितता,निषेध,नियन्त्रणको बाटो रोजेको छ । यि घटनाले सरकाको नियतमाथि प्रश्न चिन्नह खडा गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *