ताजा समाचार

अमेरिकामा कोरोना भाइरसका कारण ‘दुई लाखको मृत्यु हुनसक्ने’ ट्रम्प कार्यदलका एक अग्रणी विज्ञको चेतावनी

बीबीसी।अमेरिकी सरकारका एकजना अग्रणी विज्ञले कोरोनाभाइरस महामारीले दुई लाख अमेरिकीको ज्यान लिनसक्ने र दशौँलाखमा उक्त भाइरसको सङ्क्रमण हुनसक्ने चेतावनी दिएका छन्।

राष्ट्रपति डोनल्ड ट्रम्पको कोभिड १९ कार्यदलका एकजना मुख्य अनुहार सरुवारोगविज्ञ डा. एन्थोनी फाउचीले आइतवार त्यस्तो बताएका हुन्।

अमेरिकामा, अहिले विश्वमै सबैभन्दा धेरै सङ्ख्यामा १ लाख ४० हजारभन्दा बढी पुष्टि भएका कोरोनाभाइरसका सङ्क्रमितहरू छन्।

फाउचीले के भने?

सीएनएनसँग कुरा गर्दै डा. एन्थोनी फाउचीले ‘अहिलेको अवस्थामा मृत्यु हुनेको सङ्ख्या एकदेखि दुई लाख हुनसक्ने’ बताएका थिए।

तर उनले तत्कालै त्यस्तो सङ्ख्या ‘सङ्क्रमणको तीव्र अवस्थामाझ गरिएको’ अनुमान भन्दै ‘आफू त्यसमा अडिग रहन नचाहेको’ बताए।

डाक्टर फाउचीले भने: “न्यूयोर्कमा गम्भीर समस्या झेलिसकिएको छ, न्यूअर्लेन्समा गम्भीर समस्या छ र अन्य ठाउँहरू त्यसैगरी गम्भीर समस्या विकसित हुने क्रममा छन्।”

उनले जाँचहरू कार्यान्वयन भएमा केही प्रतिबन्धहरू कम गर्न सकिने बताए।

अवस्था

पुष्टि भएका सङ्क्रमणका सङ्ख्यामा गतसाता अमेरिकाले चीन र इटलीलाई उछिनेको थियो। तर त्यहाँको मृत्युदर भने इटली, स्पेन र चीनभन्दा कम छ।

अमेरिकाले दैनिक एक लाखभन्दा धेरै भाइरसको जाँच गरेका कारण सङ्क्रमितको सङ्ख्या उच्च देखिएको ट्रम्पले बताएका छन्।

Graphic showing the number of cases in the US by state

मिसिगन राज्यका गभर्नर ग्रेचन वित्मरले यसअघि सीएनएनसँगैको कुराकानीमा ‘नर्सहरूले आफ्नो कामको पूरै समय एउटै मास्क लगाएर बिताएको’ बताएका थिए।

उनले उक्त मास्क समेत ‘बिरामीले लगाउने खालको’ भएको बताएका थिए।

यसैबिच स्वास्थ्य सामग्रीहरू बोकेको पहिलो चिनियाँ विमान अमेरिका पुगेको छ।

त्यसमा रहेका पञ्जा, शरीर ढाक्ने सुरक्षित पहिरन (गाउन) र मास्क यस महामारीबाट सबैभन्दा बढी प्रभावित न्यूयोर्क, न्यूजर्सी एवं कनेटिकट राज्यमा वितरण गरिने जनाइएको छ।

भेन्टिलेटर र स्वास्थ्य सामग्री ‘अपर्याप्त’

अमेरिकामा अहिले सबैभन्दा ठूलो चिन्ता भेन्टिलेटरको अपर्याप्त व्यवस्थालाई लिएर भइरहेको छ।

ट्रम्पले भने मिसिगन राज्यकै डेट्रोइट सहरमा एउटा कार निर्माता कम्पनीलाई उक्त कामका लागि आग्रह गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *