काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को उद्गस्थल मानिएको चीनमा विगत २४ घन्टामा एक जना पनि नयाँ संक्रमित भेटिएका छैनन् ।
वल्र्डओमिटरर्सडटइन्फोले जारी गरेको तथ्यांक अनुसार सोमबार बिहान ७ बजेसम्म चीनमा विगत २४ घन्टामा नयाँ संक्रमित नभेटिएका हुन् ।
त्यसै गरी कुनै पनि व्यक्तिको ज्यान नगएको पनि तथ्यांकले देखाएको छ । चीनमा अहिले सम्म ८१ हजार ४ सय ३९ जना संक्रमित भएका छन् भने, ३३ सयको ज्यान गइसकेको छ । ७५ हजार ४ सय ७८ जना उपचारपछि घर फर्किएका छन् ।
त्यसै गरि शनिबारको तथ्यांकमा भने ४५ जना नयाँ संक्रमित भेटिएका थिए ।
चीनमा विस्तार कोरोना भाइरस कन्ट्रोलमा आएको छ भने लकडाउनलाई खुकुलो पारिएको छ । चीनको वुहान जहाँबाट कोरोना भाइरस सुरु भएको थियो। त्यहाँका मानिसहरु पनि अब घरबाट बाहिर निस्कन थालेको अन्तराष्ट्रिय संचार माध्यमहरुले देखाइरहेको छन् । अन्य राज्यमा पनि खुकुलो निति लिइएको छ ।




