ताजा समाचार

विश्वभर कोरोनाबाट मर्नेको संख्या ३४ हजार नजिक, सबैभन्दा धेरै इटालीमा

काठमाडौं । विश्वलाइ अाक्रान्त बनाएकाे कोरोना संक्रमण (कोभिड १९) बाट विश्वभर ज्यान गुमाउनेको संख्या ३ ४ हजार नजिक पुगेकाे छ । । साेमबार बिहानसम्मकाे तथ्यांक अनुसार ३३ हजार  ९ सय ५६ जनाकाे काेराेना संक्रमणबाटै निधन भइसकेकाे छ ।

तथ्यांक अनुसार, विश्वभर ७ लाख २१ हजार ४ सय १२ जनालाई कोरोना संक्रमण भइसकेको छ। त्यस्तै, १ लाख ५१  हजार ४ जना उपचारपछि निको भइसकेका छन्।

इटालीमा सबैभन्दा धेरै काेराेनाबाट पीडित बनेका छन् । त्यहाँ विगत २४ घन्टामा ७ सय ५६ जनाकाे ज्यान गएकाे छ । भने जम्मा १० अजार ७ सय ७९ जनाले काेराेनाकै कारण ज्यान गुमाएका छन् । अाइतबार मात्र ५ हजार २  सय १७ नयाँ संक्रमित भेटिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *