ताजा समाचार

चैत २५ गते मध्यरातिसम्म लकडाउन गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय

काठमाडौँ ।कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै  चैत २५ गते सरकारले  मध्यरातिसम्म लकडाउन गर्ने  निर्णय गरेकाे छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले देशव्यापी लकडाउनको अवधि २५ गतेसम्म गर्ने  निर्णय गरेको हाे ।

यसअघि सरकारले चैत ११ गते  बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो। बैठकले ज्यालादारी मजदुरी गर्ने निम्न आए भएका नागरिकका लागि राहतको प्याकेज पनि पारित गरेको छ ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको समय अवधि बढाउन सिफारिस गरेको  थियाे । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा बसेको बैठकले मन्त्रिपरिषदलाई सो सिफारिस थप ७ दिन लकडाउन बढाउन  सिफारिस गरेको थियाे । मन्त्रिपरिषद बैठकले त्यसलाई अनुमोदन गरेकाे छ ।  बैठकले विपन्नहरुलाई नि :शुल्क राहत वितरण बारे पनि गर्न सरकारालई सिफारिस गरेको थियाे ।
सरकारले यो सिफारिस अनुमोदन गरेसँगै चैत २५ गतेसम्मका लागि सीमा नाका बन्द र   लकडाउन हुने भएकाे हाे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *