ताजा समाचार

कस्तो छ सार्क मुलुकमा कोरोना भाइरसकाे अवस्था ? (तथ्यांकसहित)

काठमाडौं । नेपाल लगाएत सबै सार्क मुलुकमा कोरोना भाइरस (काेभिड १९) को संक्रमण फैलिएको छ ।
यसको सबैभन्दा बढी चपेटामा पाकिस्तान र भारतमा परेको छ । पाकिस्तानमा १ हजार ४ सय ९५ जना संक्रमित भएका छन् । १२ जनाको मृत्यु भएका छन् । शनिबार मात्र १२२ जना नयाँ संक्रमित देखिएको छ । जम्मा २९ जना उपचारपछि घर फर्किएका छन् ।

छिमेकि देश भारतमा पनि धेरै संक्रमित भएका छन् । त्यहाँ अहिलेसम्म ९८७ जनामा संक्रमण देखिएको छ । शनिबार मात्र १०० जना नयाँ संक्रमित देखिएका छन् । विगत २४ घन्टामा ४ जनाको मृत्यु भएको छ । भने अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ । ८४ जना भने निको भएर घर फर्किएका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या ५ जना पुगेको छ । सबै संक्रमित अन्य देशबाट नेपाल फर्किएकाहरु छन् अर्थात् नेपाल भित्रै रहेकाहरुमा कोरोनाको संक्रमण अहिलेसम्म देखिएको छ । संक्रमितमध्ये सुरुमा भेटिएका चीनको वुहानबाट आएका बिरामी उपचारपनि निको भएर घर फर्किएका छन् भने अन्य अस्पतालमा उपचाररत छन् ।

श्रीलंकामा एक जनाको कोरोनाबाट मृत्यु भएको छ । संक्रमित मध्ये शनिबार एक जनाको ज्यान गएको हो। भने नयाँ ७ जनामा कोरोना देखिएको छ । जम्मा ११३ जनामा संक्रमण देखिएको छ। जम्मा ९ जना उपचारपछि घर फर्किएका छन् ।

अफगानिस्तामा अहिले सम्म ११० जनामा संक्रमण देखिएको छ भने ४ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।
माल्दिभमा अहिलेसम्म १६ जनामा संक्रमण देखिएको छ । ९ जना निको भएर घर फर्किएका छन् । भूटानमा अहिले सम्म सबैभन्दा कम संक्रमित भेटिएका छन् । जम्मा ३ जनामा कोरोना संक्रमण भएको पाइएको छ । त्यसैगरी बंगलादेशमा ४८ जनामा कोरोना संक्रमण देखिएको छ भने ५ जनाको मृत्यु भइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *