काठमाडौं( कोरोना संक्रमण (कोभिड १९) बाट ज्यान गुमाउनेको संख्या ३० हजार ६ सय ५२ पुगेको छ।
आइतबार बिहान ६ बजेको तथ्यांक अनुसार, विश्वभर ६ लाख ६३ हजार ३७ जनालाई कोरोना संक्रमण भइसकेको छ। शनिबार एकैदिन ६६ हजार ६ सय ७१ जना नयाँ संक्रमित देखिएका छन् । त्यस्तै, १ लाख ३९ हजार ४ सय १५ जना उपचारपछि निको भइसकेका छन्।
अहिलेसम्म इटालीमा १०२३ जनाले ज्यान गुमाइसकेका छन् । इटालीमा हालसम्म ८२,४७२ जनामा कोरोनाभाइरसको संक्रमण देखापरिसकेको छ । संक्रमितहरुमध्ये १२,३८४ जना निको पनि भइसकेका छन् । इटाली पछि स्पेन सबैभन्दा प्रभावित देश हो । त्यहाँ अहिलेसम्म स्पेनमा ५,८१२ जनाले ज्यान गुमाइसकेका छन् । गएको २४ घण्टाभित्र मात्रै स्पेनमा यही संक्रमणको कारण ८३२ जनाले ज्यान गुमाएका छन् ।
उता संयुक्त राज्य अमेरिकामा विश्वकै सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमितहरुको देखिएका छन् आइतबार बिहानसम्मको रिपोर्ट अनुसार संक्रमितको संख्या १,१६,०५७ पुगेको छ । भने मर्नेका् संख्या २ हजार २ सय ११ जना पुगेको छ ।
कोरोनाको उद्गमस्थल स्थल मानिएको चीनमा भने संक्रमण अन्य देशको तुलनामा घट्दो छ । चीनमा कूल ८१,३९४ जना संक्रमित भएकोमा ७४,९७१ जना निको भइसकेका छन् । चीनमा मर्नेको संख्या ३३ सय छ ।
यता छिमेकी देश भारतमा काेराेनाबाट मर्नेकाे संख्या २४ पुगेकाे छ । भने शनिबार थप १०० जनामा याे संक्रमण देखिएकाे छ । अहिले सम्म ९ सय ८७ जना यसबाट संक्रमित भएका छन् भने ८४ जना उपचारपछि घर फर्किएका छन् । नेपालमा भने शनिबार थप एक जनामा संक्रमण देखिएकाे छ । याे सँगै संक्रमितकाे संख्या ५ पुगेकाे छ । एक जना उपचार पछि घर फर्किएका छन् ।




