ताजा समाचार

इटालीमा काेराेनाबाट मर्ने संख्या १० हजार नाघ्याे

एजेन्सी । इटालीमा कोरोना भाईरसको कारण मृत्यु हुनेहरूकाे संख्या १० हजार नाघेकाे छ । शनिबार एकै दिन आठ सय ८९ जनाले ज्यान गुमाएपछि मर्नेकाे संख्या १० हजार २३ पुगेकाे हाे ।

इटालीको स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार शनिबार मात्रै इटालीमा थप पाँच हजारभन्दा धेरै मा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै समग्र संक्रमितको संख्या पनि ९२ हजार कटेको छ ।

अहिले ७० हजार मानिस उपचाररत छन् भने उनीहरुमध्ये १२ हजार निको भएर फर्किसकेका छन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *