ताजा समाचार

कोरोनाबाट स्पेनकी राजकुमारीको निधन

एजेन्सी । स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना संक्रमणबाट ८६ वर्षको उमेरमा निधन भएको छ । शनिबार टेरेसाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको उनका भाई हेनरीले स्पेनका सञ्चारमाध्यमहरुलाई जनाएका छन् । उनी त्यहाँकि पूर्व उपप्रधानमन्त्री समेत हुन् ।

काेराेनाबाट मृत्यु भएका मध्ये टेरेसा  पहिलो राजपरिवारकी सदस्य हुन् ।  मंगलबार मात्र इन्स्टाग्राममा एक फोटो पोस्ट गर्दै उनले आफ्नो शीघ्र स्वास्थ्य लाभको कामना गर्ने आफ्ना शुभेच्छुकहरुलाई धन्यवाद दिएकी थिइन् । उता बेलायतका राजकुमार चाल्स पनि काेराेना संक्रमणपछि उपचाररत छन् । भने बेलायतकाे प्रधानमन्त्रीमा पनि काेराेना संक्रमण देखिएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *