विश्व महामारीले आक्रान्त बनेको छ,तपाईँले अहिलेको अवस्थालाई कसरी हेर्नु भएको छ ?
यो अहिले विश्वमा नै मानवजाति कठिन अवस्थामा छ । यसलाई हामी सबै एकजुट भएर नियमपूर्वक पालना गर्नुपर्छ । यसमा अलिकति सजगता अपाउँदा हजारौंको ज्यान बँच्न सक्छ । त्यसका लागि जनस्वास्थ्य विज्ञले दिएको राय मानेर घरभित्रै बसौं । बृद्धबृद्धाको लागि टाढैबाट स्याहारसुसार गरौं । कुनैे बस्तु छुनेबित्तिकै साबुन पानी अथवा स्यानिटाइजरले हात सफा गरौं । आफ्नो स्वास्थ्यको लागि सरसफाई र खानपानमा ध्यान दिऔं । अहिले विश्वको मूल मन्त्र नै यही हो । हामी चिकित्सकहरु पनि सेवालाई कसरी प्रभावकारी बनाउने भनेर एकजुट भएका छौं । यसलाई सबै मिलेर क्षति न्यूनिकरणतिर लाग्नुपर्छ ।
तपाईं मेडिकल काउन्सिलको अध्यक्षका हैसियतले नेपालका चिकित्सकहरुलाई के आग्रह गर्नु भएको छ ?
अहिले संसारै त्रसित छ । हामीहरु पनि त्रसितै छौं । अमेरिका जस्तो देशमा पीपीई नपुगेर पलास्टिक काटेर काम चलाएको पनि देखियो । अहिले संसारै नयाँखाले समस्याको सामना गर्न वाध्य छ । हामी पनि त्यसबाट अछुतो छैनौं । कुरा त्यतिमात्र होइन । त्यसकारण मेरोतर्पmबाट सबै चिकित्सक साथीहरुलाई ‘हामीहरु सुरक्षित हुनैपर्छ, त्योबिना हुँदैन’ । तर, हामी पीपीईलगायतका सामाग्रीबाट आफ्नो ज्यानको सुरक्षा गर्दै मानवजातिकै वा जनताको स्वास्थ्य सुरक्षामा खटिने हो । मेरोतर्पmबाट साथीहरुलाई त्यही अनुरोध गर्छु, ‘आफ्नो ज्यानको सुरक्षा गरौं, काममा दत्तचित्त भएर लागौं ।’
कोरोनाको सुरक्षित उपचार छ ?
अहिलेसम्म डेफिनट्ली उपचार संसारमै भएन । केही मिल्दाजेल्दा औषधिहरु आएका छन् । केही एन्टीवायटिक औषधि फेला परेका छन्, तिनीहरु चाहीं यहाँ छैनन् । तर, केही औषधि भने यहाँ पनि छन् । यसमा चिकित्सक, समाज सबै मिलेर जनताको उपचार कसरी जान सकिन्छ भनेर एउटा निर्णय लिएर अगाडि जाने हो । खाली अहिले यो त्रासबाट जनतालाई कसरी मुक्त गर्ने भनेर राज्यले सकारात्मक दिशा निर्देश गर्नु पर्छ । सकेसम्म हाम्रा जनशक्तिहरुलाई एकिकृत उपचारमा केन्द्रित गरौं । अहिलेसम्म नेपालमा रोग पैmलिएको छैन । त्यसैले सकेसम्म सबैजना घरभित्रै बसौं ।
अहिले कोरोनाको सबै ठूलो औषधि भनेको सबै घरभित्रै बस्ने हो ?
हो, घरमै बस्ने, व्यक्तिगत सरसफाइअन्तर्गत हात राम्रोसँग धुने ।




