ताजा समाचार

सुनकोसीले सबै वडामा आइशोलेशन वार्ड बनाउने,पूर्वमन्त्री बस्नेतले गरे निर्माण सामाग्री हस्तान्तरण

काठमाडौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा सुनकोशी गाउँपालिकाले नौ वटै वडामा आइसोलेसन वार्ड निर्माण सामाग्री र स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस विरुद्ध जुध्न सुनकोशी गाउँपालिकाले सबै वडामा आइसोलेसन वार्ड र क्वारेन्टाइन कक्ष निर्माण भएको छ ।


आइसोलेसन वार्ड र क्वारेन्टाइन कक्ष निर्माणका लागि वडा कार्यालय र स्थानीय स्वास्थ्य संस्थालाई आवश्यक स्वास्थ्य सामग्री र निर्माण उपकरण प्रदान गरेको हो ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन वटा नै वडामा क्वारेन्टाइन कक्ष निमार्णका सामाग्री र स्वास्थ सामाग्री पाठाईएको गाउँपालिका अध्यक्ष श्रमण कुमार जिसीले बताए । प्रत्येक वडामा चार,चार वटाको दरले क्वारेन्टाइन बेड बनाइने छ उनले जानकारी दिए । यसै गरी गाउँपालिका भित्र रहेका स्वास्थ्य चौकी, बिद्यालयका भवन, सामुदायिक भवनमा तीन सय भन्दा बढी क्वारेन्टाइन वार्ड बनाइने अध्यक्ष जिसीले बताए । सबै वार्डमा औषधी, स्वास्थकर्मी लगायतको जनशक्ति तयारी हालतमा राखिएको पनि अध्यक्ष जिसीले जानकारी दिए ।


निमार्ण तथा स्वास्थ सामाग्री नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत र गाउँपालिका अध्यक्ष श्रमण कुमार जिसीले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *