ताजा समाचार

बाग्लुङकी युवतीलाई कोरोना भाइरस संक्रमण देखियाे

काठमाडौं । बाग्लुङकी युवतीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ । शनिबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयलका अधिकारीले २२ वर्षीय युवतीमा कोरोना भाइरसको संक्रमण फेला परेको जानकारी दिएका हुन् । यो सँगै कोरोना संक्रमण हुनेको संख्या पाँच पुगेको छ ।

उनी बेल्जियमबाट नेपाल आएकि हुन् । अहिले संक्रमण देखिएकी बागलुङकी युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् । साे विमानबाट आएकि १९ वर्षीया युवतीमा यसअघि काेराेना देखिएकाे थियाे ।  त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *