ताजा समाचार

लकडाउन उल्लंघन गर्ने चार सय ८२ पक्राउ

काठमाडौं । कोरोना संक्रमण (कोभिड १९) रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्ने चार सय ८२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० जना महिला र ४ सय ५२ जना पुरूष छन् रहेको महानगरीय प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन उल्लघन गर्नेलाई पक्राउ गरिएको जानकारी दिए । उनले काठमाडौंबाट ४ सय ५२ र ललितपुरबाट २५ जना पक्राउ परेको जानकारी दिए । लकडाउनको घोषणा भए पनि मानिसहरूको घरबाहिर निस्कने क्रम नरोकिए पछि प्रहरीले कडाइ सुरू गरेको हो । लकडाउन कार्यान्वयनका लागि उपत्यकाको तीन वटै जिल्लामा प्रहरीको विशेष टोलि परिचालन भएको छ । प्रहरीले यसअघि पनि मानिसहरुलाई नियन्त्रण लिएर सम्झाउदै छाड्ने गरेको थियो । अहिले पनि उनीहरुलाई लिएर छाड्ने गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *