कविताः बचौ आफू अनि सुरक्षित बचाउ सारालाई
प्यारा मित्र जहाँ छौ उहीँ घरकै भित्र बस
डुल्दामा बाहिर लाग्लान् बिषालु भाइरस
आयो सङ्कट नौलो बिश्व छ त्राही त्राही
बचौ आफू अनि सुरक्षित बचाउ सारालाइ
जित्नु छ यो निर्दही भाइरस हुनु छ सफल
जिउँ स्वास्थ जीवन यो बढाइ आत्म बल
झुकौं सादरले भो हात नमिलाउ दाजुभाई
बचौ आफू अनि सुरक्षित बचाउ सारालाई
दुखी छाती चस्स, सुख्खा खोकी लायो भने
रुघा अनौठो साथ हल्का ज्वोरो आयो भने
देखाउँ स्वास्थ केन्द्रमा नगरी कुनै ढिलाई
बचौ आफू अनि सुरक्षित बचाउ सारालाई
नगराैं हिमचिम बिदेशमा बसि आउने सङ्ग
रहे केही दिन पछि साटौला मिलि उमङ्ग
बस्न सेल्फ क्वारेन्टाइनमा नगरौ नाईनाई
बचौ आफू अनि सुरक्षित बचाउ सारालाई
अवस्य टर्दछ बिपत जो छ संयम हुनु पर्छ
आँफै बुझौं सहयोग गरौं राष्ट्रले जे जे गर्छ
असुरक्षित पशु सम्पर्कमा गरौ अझ कडाई
बचौ आफू अनि सुरक्षित बचाउ सारालाई
जो जो छन् बिपत पथमा बुझौं सबका मर्म
जो सकिन्छ सहयोग गरौ नभुलौ मानव धर्म
यो निर्दही भाइरस बिश्वबाट गर्नु छ वाइवाइ
बचौ आफू अनि सुरक्षित बचाउ सारालाई
सुसिल सुस्केरा
गाेरखा, सिरानचाेक




