ताजा समाचार

इटालीको अवस्था त्रासदीपूर्ण, कोरोनाबाट एकै दिन ९ सय बढीको मृत्यु

काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड १९)को यस संक्रमण र मृत्युदर भयावह बन्दै गएको छ । कोरोना संक्रमणबाट इटालीमा एकै दिन ९ सय बढीको मृत्यु भएको छ । प्राप्त तथ्यांक अनुसार विगत २४ घन्टामा ९ सय १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार १ सय ३४ पुगेको छ। कुल ८६ हजार ४ सय ९८ मा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ १० हजार ९ सय ५० जना उपचारपछि निको भएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *