कला/साहित्य

शङ्का उब्जिंदा..

१.

नाफा कामाए

जिब्रो टोक्दै कुदेको

बालुवा माथी पानी ।

२.

सलाइ कोरे

दाउँरामा झोसेको

टिप्दै टिपेन झिल्का ।

३.

पैताला खोज्दा

दुलो भित्र लुकेको

हल्लिएको दिमाग ।

४.

माटो कोपर्दा

उब्जिएछ टुसामा

दैव आफ्नै जीवन ।

५.

शङ्का उब्जिंदा

टुक्रियो सिङ्गो रुख

टुटेछ जाने बाटो ।

६.

गुमेको होश

अलपत्र जीवन

भारी बोक्दै दौडेको ।

७.

मान्छेको विर्ता

बाँचेर मर्नुपर्दा

पचायौ आफैलाई ।

८.

उठेर हेर्दा

बोट पारिजातको

ओइलिएको गन्ध ।

९.

पानीको वर्षा

बिग्रेको छाता देख्दा

बुझे दोधार मन ।

१०.

आँटिलो आस्था

सोचाई फराकिलो

तन्किएको विवेक ।

११.

रिस बोकेर

जलेको मन फ्याँक्दै

लामो सुस्केरा हाल्दा ।

१२.

अँध्यारो बाटो

आत्तिदा झस्किएछ

च्यात्तेको कालो मन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *