काठमाडौं । नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयले आकस्मिक ब्रिफिङ गर्दै उक्त जानकारी दिएको हो।
दुबईबाट आएका धनगढीका एक व्यक्तिमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। ३४ वर्षिया ति व्यक्तिका चैत ११ गते धनगढीस्थित सेती अस्पतालमा भर्ना भएका थिए।
यसअघि पनि एक महिला र दुई पुरुषमा कोरोना संक्रमण भटिएको थियो । चीनबाट आएका व्यक्ति कोरोनाको उपचारपछि घर फर्किएका छन् भने फ्रान्स र कतारबाट आएकाहरु उपचाररत छन् । मन्त्रालयका अनुसार अहिलेसम्म ८ सय २ जनाको परीक्षण भइसकेको छ ।




