काठमाडाैं । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाभाइरस (काेभिड १९) सङ्क्रमण भएको पुष्टि भएकाे छ ।डाउनिङ्ग स्ट्रीटले जनाए अनुसार जाेनसन अहिले आइशोलेशनमा बसेका छन् । यद्यपि जोनसनले अझै यस महामारीसँग जुझिरहेको सरकार चलाइरहने उक्त वक्तव्यमा जनाइएको छ।
इङ्ल्यान्डका प्रमुख मेडिकल अधिकृतको व्यक्तिगत सुझावका आधारमा उनको जाँच गरिएको बीबीसीले जनाएकाे छ ।
जोनसनले समेत यसबारे एउटा भिडिओ ट्विट गर्दै ‘एकसाथ भाइरसलाई परास्त गर्ने’ बताएका छन्। उनको जाँच डाउनिङ्ग स्ट्रीटमै राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसका कर्मचारीहरूले गरेका थिए।
ब्रिटेनभरि ११ हजार ६ सय जनाभन्दा बढी कोरोनाभाइरसका घटना पुष्टि भएकामा हालसम्म ५७८ जनाले ज्यान गुमाएका छन्। यसअघि ब्रिटिश राजकुमार चाल्सलाइ पनि काेराेना संक्रमण भएकाे छ । ७१ वर्षिया चाल्स पनि अाइसाेलेसनमा छन् ।




