काठमाडौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सडक मजदुर र वृद्धवृद्धाहरुलाई खाद्यन्न वितरण गरेका छन्। पूर्वमन्त्री बस्नेतले ५३ जना मजदुर र वृद्धवृद्धाहरुलाई चामल,दाल,नुन,तेल र सावुन वितरण गरेका हुन । लकडाउनले विहन बेलुका गासको समस्याले पीरोलिएका मजदुरहरुलाई १५ केजीका दरले चामलका सथै दाल,नुन,तेल र साबुन वितरण गरिएको नेपाली कांग्रेस सिन्धुपाल्चो क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बताए ।

दयनीय आर्थिक अवस्था भएका ८२ वर्षिय तुलसी श्रेष्ठको घरमै पुगेर नेता बस्नेतले राहत सामाग्री हस्तान्तरण गरेका थिए । आर्थिक अवस्था दयनीय भएका श्रेष्ठ लुगाफाटोको अभाले गर्दा काठको फल्याकमाथि सुत्दै आएका थिए । वयोवृद्ध श्रेष्ठलाई डसना,ब्लयांकेट र थप खाद्य सामाग्री नेता बस्नेतले दिएका थिए । यस अघि पनि सिन्धुपाल्कोका दुई स्वास्थ्य केन्द्रमा पूर्वमन्त्री बस्नेतले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । नेता बस्नेतले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यो विपत्तिको घडीमा ज्यालदारीमा निर्भर श्रमिकहरुलाई तत्काल राहत घोषणा गर्न माग गरेपनि सरकारले अटेर गरेको आरोप लगाए । बस्नेतले मजदुर,श्रमिक र न्यून आयभएका व्यक्तिहरुलाई भाकै बस्नु पर्ने समस्याबट मुक्त गर्न कांग्रेस लागि पर्ने बताए ।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ सिन्धुपाल्चोकको संयोजनमा भएको कार्यक्रममा क्षमादेवी ग्रुपको समेत सहयोग रहेको थियो । राहत वितरण कार्यक्रमा पूर्वमन्त्री बस्नेतको साथमा क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, क्षमादेवी ग्रुपका राजकुमार बस्नेतलगायत अग्रत नेता कार्यकर्ता सहभागी थिए ।





