अर्थ

राहतको आर्थिक प्याकेज तत्काल घोषणा र कार्यान्वयन गर्न सरकारसंग सभापति देउवाको माग

कठमाडौं।नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राहतको आर्थिक प्याकेज तत्काल घोषणा र कार्यान्वयन गर्न सरकारको ध्यानकर्षण गराएका छन्। सभापति देउवाले ४ बुँदे विज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन ।
सभापति देउवाले विज्ञप्ती जारी गर्दै ज्यालदारीमा निर्भर श्रमिकहरुलाई सरकारले तोकेको न्यूनतम ज्यालामा कम नहुँने गरी राहत घोषणा गर्न सरकारलाई अनुरोध गरेका छन् । यसै गरि उनले न्यून आय भएका कर्मचारी ,अन्य श्रमिक ,बेरोजगार युवा तथा राजधानी लगायतका शहरी क्षेत्रमा डेरा गरेर बसेका विद्यार्थीलाई विविध ढंगले राहत पुग्ने गरि योजना र कार्यक्रम तत्काल निर्माण गर्न सरकारसंग माग गरेका छन् ।
२० लाख सम्मको ऋण लिएका साना ब्यवसायीलाई लकडाउनको असर र ब्यवसाय तंग्रीने अनुमानित अवधी समेत ख्याल गर्दै कम्तिमा ३ महीनाको ब्याज पुरै मिनाहा गर्न र त्यसपछिको निस्चित अवधिका लागि ब्याज दर घटाउन सभापति देउवाले माग गरेका छन् ।
ठुला ब्यवसायिका हकमा ऋणको ब्याजदर घटाउन र हालको किस्ता बुझाउने अवधी ३ महिनापछि सार्ने प्रबन्ध मिलाउन सरकार समक्ष सभापति देउवाले अपिल गरेका छन् ।
सबै खाले संचार माध्यम र त्यसमा कार्यरत श्रमजीवी पत्रकारहरुलाई राहतको योजना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सरकारलाई यथासिघ्र पीपिइ,परिक्षण कीट,आइसोलेसन वार्ड र भेण्टिलेटरको पर्याप्त प्रबन्ध गर्न समेत सभापति देउवाले अपील गरेका छन ।

यस्ताेछ सभापति देउवाद्वारा जारी विज्ञप्ती 

राहतको आर्थिक प्याकेज तत्काल घोषणा र कार्यान्वयन गर !
विश्वभरी फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन र जुध्न सहज होस् भनेर नेपाल सरकारले लकडाउन घोषणा गर्नु स्वभाविक थियोे l छिटपुट घटना बाहेक यसलाई अधिकतम पालना गरेकोमा सबै दिदिबहिनी दाजुभाइलाई म हार्दिक धन्यवाद दिन चाहन्छु l ठुलो जोखिमबाट जोगिन आजको यो कष्ट उठाउनु हामी सबैको कर्तव्य हो ,अत घरहरूमै बसेर सुरक्षीत रहन र लकडाउनलाई इमानदारीसाथ पालना गर्न म सबैमा हार्दिक अनुरोध गर्दछु l
लकडाउनका कारण विभिन्न बर्ग र क्षेत्रमा परेको आर्थिक असरलाई दृस्टिगत गरेर तत्काल आवश्यक निर्णय गर्नुपर्ने बिषयमा सरकार समक्ष कुरा गरिसकेको छु l तर सार्वजनिक अपिलसाथ माग राख्दै पुन सरकारको ध्यानाकर्षण गराउंदछु ।
१, दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकलाई सरकारले तोकेको न्यूनतम ज्याला दरमा कम नहुने गरि तत्काल बिशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु। दिनभर काम गरेर सांझ खाने बर्गलाई नै लक डाउनले सबैभन्दा बढी असर पुर्‍याएको छ ।
२, न्यून आय भएका कर्मचारी ,अन्य श्रमिक ,बेरोजगार युवा तथा राजधानी लगायतका शहरी क्षेत्रमा डेरा गरेर बसेका विद्यार्थीलाई विविध ढंगले राहत पुग्ने गरि योजना र कार्यक्रम तत्काल निर्माण गर्न सरकार संग माग गर्दछु ।
३, लकडाउनका कारण प्राय सबै ब्यवसाय बन्द स्थितिमा छन् l यस्तो बेला खुद्रा ब्यापारी देखि ठुला ब्यवसायी सम्मलाई असर पुग्नु स्वभाविक छ l यसले रास्ट्रलाई दुरगामि असर पुर्‍याउन सक्दछ l अत –
क) २० लाख सम्मको ऋण लिएका साना ब्यवसायीलाई लकडाउनको असर र ब्यवसाय तंग्रीने अनुमानित अवधी समेत ख्याल गर्दै कम्तिमा ३ महीनाको ब्याज पुरै मिनाहा गर्न र त्यसपछिको निस्चित अवधिका लागि ब्याज दर घटाउन माग गर्दछु l
ख) ठुला ब्यवसायिका हकमा ऋणको ब्याजदर घटाउन र हालको किस्ता बुझाउने अवधी ३ महिनापछि सार्ने प्रबन्ध मिलाउन सरकार समक्ष अपिल गर्दछु l
४, साप्ताहिकपछि दैनिक पत्रपत्रिका बन्द हुने स्थितिमा पुगेका छन् l सबै खाले संचार माध्यम र त्यसमा कार्यरत श्रमजीवी पत्रकारहरुलाई राहतको योजना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउंदछु l
अन्त्यमा
विश्व स्वास्थ संगठनले सचेत हौ भनेर अपिल गरेको महिना दिन पुगिसक्दापनी स्वास्थ्यकर्मिले अझै पर्याप्त पीपिइ नपाउनु लज्जास्पद कुरा हो l म सरकारलाई यथासिघ्र पीपिइ,परिक्षण कीट,आइसोलेसन वार्ड र भेण्टिलेटरको पर्याप्त प्रबन्ध गर्न अपिल गर्दछु l
जय नेपाल !
शेरबहादुर देउवा
सभापति

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *