काठमाडौँ। मुटुको धड्कन बढ्ने समस्या देखिएका कारण प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि गए राति त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कोर्डियो भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना भएका छन । प्रधानमन्त्री उपचारपछि ओली आजै निवास फर्कने बताइएकाे छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले आजै निवास फर्कने जानकारी उनका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहले जानकारी दिएकाे बताए ।
प्रधानमन्त्री ओलीको गत फागुन २१ गते दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।




