काठमाडौँ । अमेरिकामा कोरोना भाईरसको संक्रमण भयावह बन्दै गएको छ । पछिल्लो २४ घन्टाको रिपोर्ट अनुसार अमेरिकामा कोरोनाका संक्रमितको संख्या ८५ हजार २ सय ८० पुगेको छ ।
पछिल्लो २४ घन्टामा १७ हजार ६९ जनामा संक्रमण देखिएपछि विश्वमै सबैभन्दा बढी ल संक्रमितको संख्या अमेरिकामा पुगेको हो ।
पछिल्लो २४ घण्टामा अमेरिकामा थप २ सय ६६ जनाको मृत्यु भएसँगै मृतकको संख्या पनि १२ सय ९३ पुगेको छ ।
उपचाररत ८२ हजार १सय २३ मध्ये २१ सय २२ जनाको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । निको भएर घर फर्कने संख्या भने कम दर छ । मात्र १ जार ८ ६४ जना उपचारपछि घर फर्किएका छन् ।




