ताजा समाचार

कोरोना कहर- मृत्युदरमा स्पेनले जित्यो इटालीलाई

काठमाडौं । कोरोना भाइरस संक्रमण (कोभिड(१९) बाट मर्नेको दरमा स्पेनले इटालीलाई उछिनेको छ । पछिल्लो २४ घन्टामा स्पेनमा ७सय १८ पुगेको छ भने इटालीमा ७ सय १२ को ज्यान गएको छ ।
योसँगै कोरोना संक्रमणबाट विश्वभरि ज्यान गुमाउनेको संख्या २४ हजारको नजिक पुगेको छ।
शुक्रबार बिहान ६ बजेसम्मको तथ्यांक अनुसार, २३ हजार ९ सय ५६ पुगेको हो।

नयाँ तथ्यांक अनुसार ५ लाख २५ हजार ९३ जनालाई कोरोना संक्रमण भइसकेको छ। त्यस्तै, १ लाख २२ हजार १ सय ५० जना उपचारपछि निको भइसकेका छन्।
कोरोना भाइरस चीनमा फेरि फैलन थालेको छ । चीनमा नयाँँ ५५ जनामा कोरोना देखिएको छ भने ५ जनाको मृत्यु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *