काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई कार्यालयमा नआउनु पर्ने कर्मचारीलाई नियमित सम्पर्क रहन निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव जयनारायण आचार्यले निजामती कर्मचारीलाई यस्तो निर्देशन गरेका हुन । स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई पनि नियमित सम्पर्कमा रहन मन्त्रालयले निर्देशन दिएको छ ।
सरकारले लक डाउनको बेलामा अत्यावस्यक सेवाका कर्मचारी बाहेक अन्य कर्मचारीलाई सरकारी कार्यालयमा आउननपर्ने जनाएको छ । ‘कार्यायलयमा आउनु नपरे पनि कुनै पनि बेला उहाँहरूको सहयोग आवश्यक पर्छ । त्यसैले हामीले सबै कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुखको नियमति सम्पर्कमा रहन निर्देशन गरेका हौ’ आचार्यले भने । संघीय सरकारको निर्देशनलाई कार्यान्वयन गर्दे प्रदेश सरकार तथा स्थानीय तहरूले पनि आफू मातहतका कर्मचारीलाई नियमति अधिकांश सरकारी कार्यालयहरू पनि सुनसान देखिएका छन् ।
सरकारको निर्देशन कार्यान्वयन गर्दै नापी विभाग, भूमि व्यवस्था विभाग तथा स्थानीय तहरूले सेवा ग्राहीरूलाई दिने सेवा केही दिनकोलागि स्थगित गरेका छन् । लक डाउन घोषणा भए यता नेपाल– भारत संयुक्त सीमा मापनको काम पनि स्थगन गरिएको छ । यसैवीच,संघीय मामिला मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरी विदेशबाट फर्केका व्यक्तिहरूको निगरानी तथा सूचना संकलन गर्न निर्देशन गरेको छ । यसकोलागि प्रत्यक वडा तथा स्थानीय तहमा स्वयक सेवक टोली गठन गरी कारेना संक्रमणको रोकथाम तथा नियन्त्रणमा भुमिका खेल्न संघीयले स्थानीय तहलाई परिपत्र गरेको छ ।




