ताजा समाचार

लकडाउन कार्यान्वयन गराउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं गृहमन्त्री रामबहादुर थापाले प्रहरी महानीरिक्षकसहित प्रहरी अतिरिक्त महानरिक्षकलाई मन्त्रालयमा बोलाएर लक डाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन निर्देशन दिएका छन् । सरकारले जनताको सुरक्षाकै लागि लकडाउन घोषणा गरेको र यसमा सबैको जिम्मेवारी भएपनि नेपाल प्रहरीको विशेष जिम्मेवारी रहेको बताउदै सो निर्देशन दिएका हुन ।

‘जिम्मेवारी र कर्तव्य इमान्दारीपुर्वक पालन गर्नुहोस, मुलुक अहिले कोरोनाले उत्पन्न गरेको संकटमा छ, यसबेला सुरक्षा निकायको भुमिका थप बढी हुन्छ, यो हाम्रो परीक्षाको घडी पनि हो, लकडाउनलाई प्रवाभकारी कार्यान्वयन गराउनुहोस, लकडाउ जनताकै स्वास्थ्यको लागि हो भन्ने सम्झाउनुहोस, जनतालाई नम्र भएर यसको पालना गराउनुहोस, जनतालाई कुनै समस्या भए तत्काल पुग्नुहोस, कालाबजारीको अनुगमन बढाउनुहोस, स्वास्थ्य संस्थाका गतिविधि पनि निगरानी बढाउनुहोस’, गृहमन्त्री थापाले निर्देशनका क्रममा भने । गृहमन्त्रालयमा पुगेका आइजीपी र एआइजीहरुलाई थापाले सो निर्देशन दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *