काठमाडौं । एक १८ वर्षीया किशोरीमाथि ललितपुरमा सामूहिक बलात्कार भएको छ। बलात्कारको आरोपमा महानगरीय प्रहरी परिसर ललितपुरले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दाङ दङगिशरण गाउँपालिका-३ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभु बस्ने २८ वर्षीय प्रकाश चौधरी र सोही ठाउँ बस्ने निरज चौधरी छन् ।उनीहरुले ती किशोरीलाई शनिबार साँझ महालक्ष्मी नगरपालिका-९ लामाटार चोकस्थित खाली जग्गामा बलात्कार गरेर फरार भएको भन्दै पीडितले उजुरी दिएका थिए।
पक्राउ परेका दुवै जनामाथि बलात्कार कसुरमा अनुसन्धान सुरु गरिएको ललितपुर प्रहरीले जनाएको छ।




