ताजा समाचार

सभापति देउवाले भने सरकारले तत्काल विषेश राहत प्याकेज घोषणा गर्नु पर्छ

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दैनिक ज्यालादारी र न्यून आय भएकालाई सरकारले तत्काल विशेष राहत प्याकेज घोषण गर्नु पर्ने धारणा सार्वजनिक गरेका छन् । लकडाउनका कारण आफ्नो निवास बुढानिलकठमा रहेका सभापति देउवाले आफ्नो आधिकारिक फेसबुक पेज र ट्वीटरमार्फत सो धारणा सार्वजनिक गरेका हुन् ।

सभापति देउवाले आफ्नो आधिकारीक पेजमार्फत भनेका छन ‘विश्वभरी फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुनलक डाउन उत्तम विकल्प हो। तर, सरकारको लकडाउनले दैनिक ज्यालादारी र न्युन आय भएकाहरुको दैनिक गुजारा चलाउने प्रवन्ध पनि गर्न आवस्यक छ । कोरोनाबाट सुरक्षित हुदाहुदै कोहि कसैपनि भोकमरीको सिकार बन्न नपरोस । म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्युन आय भएकालाई तत्काल विषेश राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु।’
सरकारले लकडाउन घोषणा गरपछि सभापति देउवाले आफ्नो पेजमार्फत घरमै बसेर अधिकतम सचेतना अपनाउन नेपाली जतनतालाई अनुरोध गरेका थिए । देउवाले भनेका थिए स्वदेश तथा विदेशमा रहनुभएका आदरणीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु,
कोरोनाभाइरसले विश्वभरीनै महामारीको रुप लिएको तपाईहरु सबैलाई थाहानै छ। यो कठिन घडीमा म तपाईहरु सबैलाई घरमै बसेर अधिकतम सचेतना अपनाउनुहुन हार्दिक अनुरोध गर्दछु।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *