ताजा समाचार

बेलायतकाे राजदरबारमा छिर्याे काेराेना भाइरस,राजकुमार चार्ल्सलाई पनि संक्रमण

लण्डन । विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बेलायतको राजदरबर भित्र पनि भित्रिएको छ । बेलायतका राजकुमार चार्ल्सलाई पनि कोभिड-१९ संक्रमण भएको हा। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजकुमार चार्ल्सको स्वाब परीक्षणबाट कोभिड(१९ पोजेटिभ देखिएको हो। क्लारेन्स हाउसले पनि ७१ वर्षीय राजकुमारलाई कोरोना भाइरस संक्रमण भएको जनाएको छ।

अहिले उनको उपचार भइरहेको जानकारी क्लारेन्स हाउसले विज्ञप्ति निकालेर दिएको छ। उनको स्वास्थ्य अवस्था राम्रो रहेको क्लारेन्स हाउसले जनाएको छ । अहिले राजकुमार र राजकुमारी क्यामेला सेल्फ आइशोलेशनमा छन् । राजकुमारी क्यामेलामा भने कोरोना देखिएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *