काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कोरोना महासंकटसँग जुध्ने सरकारको तयारी फितलो भएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेख्दै सांसद थापाले कोरोना संक्रमण विरूद्धको लडाइँमा हरपल साथमा रहेको उल्लेख गर्दै उनले अहिलेकै तयारीले कोरोना महासंकटसँध जुध्न पर्याप्त नहुने बताएका हुन् ।
प्रधानमन्त्रीलाई लेखेको पत्रमा थापाले सरकारले अहिलेसम्म गरेका कामको प्रशंसा गर्दै थप कामहरू गर्नुपर्ने सुझाव पनि राखेका छन् ।




