ताजा समाचार

सेनाले भेटघाटलाई बन्द गर्यो


काठमाडौं । कोरोना भाईरस ९कोभिड १९० संक्रमणको कारणबाट उत्पन्न भएको जोखिमलाई मध्येनजर गरि जनसम्पर्क तथा सूचना निर्देशनालयको कार्यालयमा अर्को सूचना प्रकाशित नभएसम्म गैर सैनिक तथा अन्य कार्यालयका भिजिटरहरुको प्रवेशमा निषेध गरिएको छ ।
हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस लगायत नेपाली सेनाको अन्य विविध गतिविधिहरु प्रेस विज्ञप्तीमार्फत जानकारी गराईने भन्दै भेटघाटलाई बन्द गरेको छ । सेनाले आफ्ना सबै कार्यक्रमहरु स्थगित गर्दै आएको छ । आज सेना मूख्यालयमा पनि भेटघाटलाई बन्द गरेको छ । आवश्यक अवस्थामा मात्रै भेटघाट गरेपनि ३ मीटरको दुरी कायम गर्न सबै सैनिकहरुलाई निर्देशन दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *