काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण इटलीमा गत २४ घण्टामा ७४३ जनाको मृत्यु भएको छ । आइतबार र सोमबार घटेको मृत्युदर मंगलबार फेरि बढेको हो ।
इटलीमा हालसम्म कोरोनाका कारण ६ हजार ८२० जनाको ज्यान गइसकेको छ । स्पेनमा यो भाइरसबाट विगत २४ घन्टामा ५१४ को मृत्यु भएको छ । योसँगै मर्नेको संख्या २६९६ पुगेको छ । नयाँँ संक्रमितको संख्या ६६ ०० रहेको छ भने देशभर ३९६७३ जनामा संक्रमण देखिएको छ ।
उता, भारतले २१ दिनको लागि लकडाउनको घोषणा गरेको छ । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०का अनुसार कोरोना भाइरस १९५ देशमा फैलिएको छ । यसबाट १६ हजार ३६२ जनाको मृत्यु भइसकेको छ भने ३ लाख ७५ हजार ४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।




