ताजा समाचार

कतार एयरलाइन्समा आएका १ सय ५८ मध्ये १ सय २५ जना प्रहरीको सम्पर्कमा

 काठमाडौं । फ्रान्समा अध्ययनरत नेपाली युवती गत चैत ४ गते कतार एयरलाइन्समार्फत नेपाल आउँदा सो विमानमा १५८ जना रहेको खुलेको छ । एक युवतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै अहिले १२५ जना प्रहरीको सम्पर्कमा आएका छन् । सो विमानमा आएकाहरु अहिले धमाधम सरकारी संयन्त्रको सम्पर्कमा आएका छन् ।

हालसम्म १२५ जना सम्पर्कमा आएको नेपाल प्रहरीले जनाएको छ । ती युवतीसहित १५८ जना ‘क्यूआर ६५२’ विमानबाट आएको खुलेको छ । अहिले मन्त्रालयले उक्त विमानमा रहेका सबै १५८ यात्रुको विवरण प्रहरी प्रधान कार्यालय पठाएको छ भने सम्पर्कमा आएकाको स्वास्थ्य परीक्षणसहित आइसोलेसनमा पठाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *