काठमाडौं। नेपालभारत नाकामा अलपत्र परेका नेपालीहरूलाई एक पटकका लागि नेपाल प्रवेश गर्न दिने निर्णय सरकारले गरेको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सीमामा आवतजावत बन्द गरेर हिजै आज विहानबाट लगडाउन गर्ने निर्णय गरेको थियो ।
कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले मंगलबारसम्म सीमा नाकामा जम्मा भएका नेपालीहरुलाई नेपाल प्रवेश गर्न अनुमति दिएको हो। बुधबारदेखि भने कसैलाई पनि प्रवेश नदिइन सरकारले बताएको छ।
सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरु स्वास्थ्य जाँच गराएर नेपाल प्रवेश गरेपछि उनीहरू अनिवार्य रूपमा १४ दिन क्वारन्टीनमा बस्नुपर्ने बाध्यकारी निर्णय सरकारले लिएको छ ।
नेपाल प्रवेशमा रोक लगाएपछि पूर्व र पश्चिमका नाकामा सयौँका सङ्ख्यामा भारतबाट फर्किएका नेपालीहरू अलपत्र रहेका अवस्थामा थिए । नेपाल प्रवेश गर्न नपाएपछि आक्रोशित बनेका उनीहरु र सुरक्षाकर्मीबीच कतिपय ठाउँमा झडप समेत भएका थियो ।




