अर्थ

सरकार अझै अलमलमा : कांग्रेसले गर्‍याे कोषमा एकमुष्ठ ५० लाख जम्मा गर्ने निर्णय

काठमाडौं।कोरनाको महामारीबाट मुलुकलाई जोगाउन सरकार अलमलिएको छ । सरकारले आकस्मिक लकडाउन गरेपनि नागरिकमैत्री ठोस कार्यक्रम  भने ल्याउन सकेको छैन ।

सरकार अलमलिए पनि प्रमुख प्रतिपक्षी दल कांग्रेस पार्टीले भने सक्रियता बढाएको छ । कांग्रेसले कोरोना भाइरसको जोखिम सामना गर्न नेपाल सरकारले निर्माण गरेको कोषमा पचास लाख रुपैयाँ एकमुष्ट जम्मा गर्ने निर्णय गरेको छ । प्रवक्ता एवं प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले एक विज्ञप्तीमार्फत कांग्रेसको उक्त निर्णय सार्वजनिक गरेका हुन ।
पार्टीका संघीय सांसदहरुले पन्ध्र दिनको तलब सरकारको कोषमा जम्मा गर्ने निर्णय यसअघि नै गरिसकेका छन् ।

[pdf-embedder url=”http://wp_sankalpakhabar.localhost/wp-content/uploads/2020/03/press-release-2076.12.11.pdf” title=”press release 2076.12.11″]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *