ताजा समाचार

डब्लूएचओले भन्याे नेपालकाे काेराेना भाइरस परीक्षण गुणस्तरीय छ

काठमाडौँ। नेपालमा कोरोना परिक्षणको विश्वसनीयतामाथि प्रश्नचिन्ह उठिरहेका बले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकुले गरेको कोरोना भाइरसको परीक्षण विश्वसनीय भएको बताएको छ । डब्लूएचओलेका प्रतिनिधि माइक्रोबायोलोजिस्ट डाक्टर जोनाथन एस्क्रोफ्ट कोरोना परिक्षण चित्तबुझ्दो भएको बताएका हुन ।
नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अध्ययन गर्न डब्लूएचओले मार्च १३ देखि २१ सम्म माइक्रोबायोलोजिस्ट डाक्टर जोनाथन एस्क्रोफ्टलाई खटाएको थियो।

डाक्टर जोनाथनले तया पारेको प्रतिवेदनसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई डब्लूएचओले पत्रमा प्रयोगशालाले कोरोना भाइरसको परीक्षणमा सबै प्रक्रिया पूरा गरेकाे उल्लेख गरेको छ। साथै ल्याब उपकरण र खटिएको जनशक्तिको प्रदर्शन पनि राम्रो रहेको बताउँदै परीक्षण क्षमता भने विस्तार गर्नुपर्ने आवश्यक रहेको सुझाव दिएको समेत दिएको छ। परीक्षणका सबै प्रक्रिया गुणस्तरीय भएको उल्लेख गर्दै डब्लूएचओले जनस्वास्थ्य प्रयोगशालाले रिपोर्टहंरु तथ्यगत हिसाबले पनि विश्लेषण गरेको पनि डब्लूएचओले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *