ताजा समाचार

चीनमा रहेका एक नेपालीको सुझावः नयाँ पाठ सिक्ने अबसरको रुपमा सदुपयोग गरौं

बेइजिङ । वुहानमा नयाँप्रजातिको भाइरसको कारण धेरै मानिस मरिसके रे । यस बारेमा बोल्न सरकारले प्रतिबन्ध लगाएको छ रे । एक जना सहपाठी साथीले यसो भन्दा जनावारिको १३ – १४ भैसकेको थियो ।
जनवरी १८ मा मेरो पोहिलो सेमेस्टरको कक्षा सकिएको थियो । यो बर्षको जाडोमा हेलोंग्च्याङ् घुम्न जाने तयारी गरेको थिए । “यताको खाने बस्ने सबै बन्दोबस्त म मिलाउँला, तिमी लगाउने कपडा मात्र बोकेर आए हुन्छ ” एकजना साथीले भनेका थिए । मैले २७ तरिकको रेलको टिकट लिए । चीनमा २२ तारिकपछि कोरोंना भाइरसको संक्रमण निकै बढेको समाचार आउन थाले । २४ तारिक आफैले टिकट रद्द गरे । २५ तारिक बसन्त चाड थियो । साे अवसरमा विश्वविद्यालयले २४ ,२५ र २६ तारिकको खानाको कुपन र अन्य खानेकुरा उपहार दिएको थियो ।

जनवरीको २२ पछी बेइजिंग बाहिर घुमेर फर्कने साथीहरुलाइ विश्वविद्यालयले क्वारेनटाइनमा राखेको थियो । जसमा दुइजना नेपाली साथीहरु पनि थिए । क्वारेनटाइन बस्ने एक जना साथीले ठट्टा गर्दै भने “नेपालमा भी.भी.आइ.पी हरुको जेलमा पनि यति सुबिधा हुन्न होला ” ।
बसन्त चाडको कारण चिनिया विद्यार्थी लगभग सबै फर्किसकेका थिए । कोरोंना भाइरसको संक्रमण निकै बढ्न थालेपछि धेरै बिदेशी विद्यार्थी फर्किए, फेब्रअरी २ सम्म धेरै नेपाली पनि फर्किसकेका थिए , मलाइ भने फर्कदा झन् असुरक्षा हुन्छ जस्तो लाग्यो, नफर्कने निर्णय गरे । सुरुका दिनहरुमा चिनियाँ सामाजिक संजालमा केहि डरलाग्दा कुराहरु भाइरहुन्थे, त्यो भन्दा बढी चीन बाहिर बाट अपलोड हुने फेसबुक र टुइटरमा निकै डरलाग्दा कुराहरु भाइरल भए । केहिदिन त नेपाल नफर्किएर गल्ति गरे कि जस्तो पनि लग्यो । केहिदिन कोठाबाट बाहिर पनि गइन्, यतिसम्म कि म बसेको बिल्डिंगबाट दोस्रो बिल्डिंगमा क्यान्टिन छ, त्यही पनि म गइन । भाइटिकामा बहिनीले र बसन्त चाडमा विश्वविद्यालयले दिएको उपहारले निकै काम गर्यो ,निकै दिन पछि क्यान्टिन खाना खान जादा कर्मचारीले, निकै दयालु पाराले शोधे “के भो, किन यत्रो दिन खाना खान आउनुभएन ? ” जब भाइरल भएको कुरामा ध्यान नदिएर आधिकारीक रुपमा दैनिक आउने रिपोर्ट लाइ ध्यान दिन थाले, बल्ल मन शान्त हुनथाल्यो । म मुख्य त नयाँ संक्रमण र रिकोभर को अनुपात हेर्थे र त्यो निकै आशालाग्दो थियो ।

केहिदिन पछी विश्वविद्यालय भित्रको अवस्था सामान्य बन्यो , जिमहल ,ब्याडमिन्टन ,टेबलटेनिस , स्नुकर आदि खेल्ने ठाउँहरु खुल्ला भए, तर एकैपटक धेरैजना खेल्न प्रतिबन्ध थियो, खेलेर बाहिर निस्कदा गर्मीको कारण केहि साथीहरु पातालो कपडामै बाहिर निस्कन चाहन्थे, कर्मचारी हरु बिनम्र हुदै “बाहिर जाडो छ ज्याकेट लगाएर निस्कनु, नभए रुघा लाग्छ” भन्थे, हरेक पटक कोठा बहिर जादा शरीर तापमान नाप्नुपर्थ्यो । उमेरले सबै २५ भन्दा माथिका थिए , सबै आफ्नो हेरचाह गर्न सक्ने छन्, फेरिपनि किन यस्तो भानिरहोला जस्तो लाग्त्यो , तर त्यसो होइन एकजना केहिगरि बिरामी परिहाल्यो भने यो संकटको बेलामा सामान्य रुघा भएपनि अरुमा त्रास हुन्छ , त्यसैले सबैले एक अर्कोमा सहयोग गर्नुपर्छ ।

अहिले विश्वविद्यालयले हेरेक दिन आफ्नो स्वास्थ्य अबस्थाको बारेमा अनलाइन फारम भर्न भनेको छ , हरेकदिन बिहान उठ्ने बित्तिकै फारम भर्ने नित्य कर्म जस्तै भएको छ ।

अहिले नेपालमा पनि केहि संक्रमणको समाचार आएको छ । थोरै समय बाहिर नानिस्कादा केहि बिग्रदैन । अत्यावश्यक बाहेकको अवस्थामा बाहिर नानिस्काैं ।, जे भएको खाएर घर भित्रै बसेर केहिदिन सामान्य जीबन बिताउने अभ्यास गरौ । यो मन्दिर ,चर्च र गुम्बा मा भेला भएर पुजा,पार्थना गर्ने समय पनि होइन । पुजा , पार्थना आफु भएकै ठाउमा एक्लै गर्दा झनै राम्रो । चिया पसलमा कोरोना विज्ञ बन्नु र त्यस्ता विज्ञको कुरा सुन्न पनि आवश्यक छैन । सामाजिक संजालमा आएको र भाइरल भएको कुरामा पटक्कै ध्यान दिनुहुन्न । आधिकारिक संचार माध्यमबाट आएको सूचना लाइ मात्र ध्यान दिऔँ । राम्रो किताब पढ्ने, मूभी हेर्ने,परिवारसग रमाइलो गर्ने गरेर दिन बिताऔँ । भिडमा जादै नजाऔं । कोहिकसैलाई सङ्क्रमको शंका लागेमा आफै जान्ने डाक्टर नबनौ, नजिकैको स्वास्थ्य अधिकारि संग सम्पर्क गरि सुझाब अनुसार काम गरौ ,यसलाई नयाँ पाठ सिक्ने अबसरको रुपमा सदुपयोग गरौ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *