ताजा समाचार

गाैरीफान्टा नाकामा तनाव, नाकामा अलपत्र परेकाहरूलाइ नेपाल प्रवेश गर्न दिइने

काठमाडौँ । नेपाल प्रवेश गर्न भारतका विभिन्न ठाउँबाट सीमा नाकामा अाइपुगेकाहरूलाइ नेपाल प्रवेश दिईने भएको छ । कोभिड – १९ संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सरकारले सिमानाका बन्द गरेकाे छ । तर हिजैदेखि नाकामा अाएर अलपत्र परेका नेपालीहरूलाइ भने अाज प्रवेश गर्न दिने कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलको संयोजकत्वको समितिले निर्णय गरेको हो ।

मंगलबार  बिहानै धनगढीकाे गाैरीफान्टा नाकामा सुरक्षाकर्मी र नाकामा अट्किएका नेपालीहरूबिच तनावकाे स्थिति सिर्जना भएकाे थियाे । नेपाल प्रवेश गर्न पाउनु पर्ने भन्दै नारावाजी समेत गरेका थिए ।

उच्चस्तरीय समितिले अलपत्र परेका व्यक्तिले आफू नेपाली नागरिक भएको पुष्टि हुने कागजपत्र पेस गर्नुपर्ने बताएकाे छ ।  उनीहरूले स्वास्थ्य जाँचपछि मात्रै प्रवेश पाउनेछन् ।

उनीहरुलाई नेपाल भित्रिएपछि पनि उनीहरू १४ दिनसम्म सरकारले तोकेको क्वारेन्टाइनमा सुरक्षित रूपमा बस्नुपर्नेछ ।

सरकारले सोमबार बिहान १० बजेदेखि चीन र भारत दुवैतर्फ यात्रु आवगमन रोक्ने गरी नाका पूर्ण रूपमा बन्द गर्ने निर्णय लिएको थियो । त्यसयता सयौंको संख्यामा नेपालीहरु सिमा नाकामा अलपत्र परेका छन् । मंगलबार बिहानदेखि देशभर लकडाउन गरिएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *