काठमाडाैं । सरकारले आज बिहान ६ बजेबाट देशभर लकडाउनकाे घाेषणा गरेकाे छ । देशमा देखिएकाे काेभिड १९ ( कोरोना भाइरस) को संक्रमण नफैलियोस् उच्च सतर्कता अपनाउँदै सरकारले मंगलबार बिहान ६ बजेदेखि देशभरि लक डाउन गरेको हाे।
आज काठमाडाैं लगाएत देशभरका सडक तथा बजार सुनसान छ । बिहानैदेखि सार्वजनिक तथा निजी सवारी साधन चलेका छैनन् । काठमाडाैंका सबै भित्रि र मुख्य सडक सुनसान छ । अत्यावश्यकबाहेक पसल हरू बन्द छन्। सडकमा एम्बुलेन्स र पेट्राेलियम पदार्थ तथा खानेपानीका गाडी बाहेक अरू देखिएका छैनन् ।
सरकारले अति अावश्यकबाहेका घरबाहिर ननिस्कन निर्देशन दिएकाे छ । भने जनताले त्यसकाे पालना गरेका छन् ।
चैत १८ गतेसम्मकाे लागि लक डाउन लागू हुने सरकारले जनाएको छ।
आइतबार काठमाडौंमा एकजना युवतीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो। फ्रान्सबाट दोहा हुँदै काठमाडौं आइपुगेकी ती युवतीमा कोरोनाको संक्रमण देखिएको सोमबार सार्वजनिक भएको थियो।
सोमबार साँझै बसेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणसम्म्बन्धी उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहानदेखि देशभरि लक डाउन गर्ने निर्णय गरेको थियो।
तस्वीरः विकास चाैधरीकाे फेसबुकबाट




