ताजा समाचार

‘प्यासेन्ट रिसिभिङ टिम’ गठन, काेराेना शङ्कास्पद बिरामी भेटिए तत्काल उद्धार

काठमाडाैं । गृहमन्त्रालयले प्रभावित वा शङ्कास्पद व्यक्ति देखिए वा बिरामी भएको खबर प्राप्त हुनासाथ तत्काल उद्धार गरी अस्पताल पु¥याउन गृहमन्त्री थापाको संयोजकत्वमा ‘प्यासेन्ट रिसिभिङ टिम’ गठन गरी कामको शुरुआत गरेको छ ।

कोरोना भाइरस रोकथामको प्रभावकारी उपाय अपनाउन र तत्कालै समस्या सम्बोधन गर्न मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रमा सबै सुरक्षा निकाय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधि रहेको ‘ज्वाइन्ट अपरेशन सेन्टर’ समेत स्थापना गरिएको जनाइएको छ ।
उक्त कार्यमा सहयोग गर्न र शङ्कास्पद बिरामी देखिएमा तुरुन्त खबर गर्न तथा कालोबजारीको सूचनाबारे तत्कालै स्थानीय प्रशासनलाई जानकारी गराउनसमेत सरकारले सबैमा आग्रह गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *