काठमाडौं । विश्वमा नै महामारीको रुपमा फैलिएको काेराेना भाइरस (कोभिड–१९) को कारण विश्व आतंकित छ । नेपालमा अहिलेसम्म कोरोना संक्रमणका बिरामी देखिएका छैनन् । हामी नेपालीकाे भने याे सुखद पक्ष नै मान्नसपर्छ । तर यसाे भनिरहदा ढुक्क भएर बस्न सक्ने अवस्था छैन । किनभने विश्व स्वास्थ्य संगठनले अन्बय मुलुक जसरी नेपालाई पनि जाेखिमयुत्त देशकाे सुचीमा दर्ज गरिसकेकाे छ ।
संक्रमण फैलन नदिन नेपालले विभन्न सावधानीका कार्य भने अघि बढाइसकेकाे छ । हाल विभिन्न कलेज, सरकारी, निजी कार्यालय लगायत ठूलो मानिसको भिडभाड हुने सबै क्षेत्र बन्द गरिएकाे छ । पाँच लाखभन्दा बढी विद्यार्थी सामेल हुने एसईई परीक्षा पनि स्थगित भएको छ । साथै, विश्वविद्यालयका सबै परीक्षा स्थगित भएका छन् । शहरमा रहेका मानिसहरु गाउँतिर लागेका छन् । सरकारले अत्यावश्यकभन्दा बाहेकका काममा बाहिर ननिस्कन ह्वीप जारी गरेको छ ।
यसैबीच, सत्तारुढ दल नेपाल कमयुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीदिनयता घरबाहीर निस्किएका छैनन् । उनीमात्र होइन्, देशका शीर्ष तहका नेताहरु सावधानिपूर्वक घरमै सेल्फ आइसाेलेसनमा बसिरहेका छन् । नेकपा अध्यक्ष प्रचण्ड प्रायजसोः आफ्नो शरीर सन्तुलनका लागि विभिन्न व्यायमहरु गरिरहेका हुन्छन् । प्रायजसोः टेबलटेनिस खेल्न रुचाउने दाहालल आइबार बिहान भने फरक रुपमा देखा परे । विश्वमा आतंक मच्चाइरहेको कोरोना भाइरसविरुद्ध ‘इम्युनिटी पावर’ बढाउन भन्दै उनी आइतबार साइक्लिङमा निस्किए ।
अचेल प्रचण्डकाे दैनिकी खुमलटारस्थित निवासमा बिताइरहेकाे छ । निवासको पार्किङ क्षेत्रमा दाहालले साइक्लिङ गरेको भिडियो उनकाे निजी सचिवालयमा कार्यरत जीवन आचार्यले फेसबुकमा सार्वजनिक गरेका छन् । उनका अनुसार दाहाल आफन्त, नातिनातिना तथा परिवारका अन्य सदस्यका साथ साइक्लिङमा रमाइरहेका देखिन्थे । दाहाल बिहान पाँच बजे नै उठ्ने र हातमुख धोएर टेबलटेनिस खेल्छन् । त्यसपछि साइक्लिङ गर्छन्। उनी अहिले परिवारका सदस्यसँग बढी हुन्छन् । त्यसबाहेक पढ्न र लेख्न बसिरहेका हुन्छन् । पत्नी सीताको स्वास्थ्य अवस्था राम्रो नभएकाले उनी बढी सीताको रेखदेखमा रहने गरेको उनले बताए ।




