मुख्य समाचार

कोभिड-१९ बाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न अध्यक्ष दाहालको आग्रह   

काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी( नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सावधानी र चेतना अभिवृद्धि गर्न सिङ्गो पार्टी पंक्ति र जनसमुदायमा आग्रह गरेका छन ।

अध्यक्ष दाहालले आज प्रेस नोटमार्फत कोरोनाबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गर्दै पार्टी र सरकारले लिएका नीतिगत र व्यावहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सम्बन्धित सबैमा आग्रह गरेका हुन ।

अध्यक्ष दाहालले कोरोना भाइरसको सङ्क्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउनेतर्फ आफ्नो पहल बढाउन सरकारलाई अनुरोध गरेका छन । यस्तै उनले जोखिमसँग जुध्न राष्ट्रिय एकता र उच्च मनोबलका साथ लागिपर्न र यसको सामना गर्न पनि सबैमा अनुरोध गरेका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *