ताजा समाचार

कोरोनाको कहरः डरलाग्दो बन्दै इटालीको अवस्था, शनिबारमात्र ७९३ को मृत्यु

काठमाडौं । कोरोनाबाट सबैभन्दा प्रभावित भएको देश इटालीको अवस्था झनै भयावह बन्दै गएको छ ।
शनिबार मात्रै त्यहाँ थप ७९३ जनाको ज्यान गएपछि त्यहाँ थप कडाई समेत गरिएको छ ।

यो संख्या एकैदिनमा ज्यान गुमाउनेहरुमा अहिलेसम्मकै उच्च हो । इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय २५ पुगेको छ । साथै कोरोना संक्रमितको संख्यासमेत दिनानुदिन बढ्दै छ । पछिल्लो २४ घण्टामा मात्रै यहाँका ६ हजार ५ सय ५७ मानिसमा कोरोनाको लक्षण भेटिएको छ । योसँगै कुल संक्रमितको संख्या ५३ हजार ५ सय ७८ छ ।
सुरुमा कोरोना देखिएको लोम्बार्डीमा थप कडाइ गरिएको छ । यहाँ अहिलेसम्म ३ हजार ९५ मानिसको कोरोना संक्रमणकै कारण ज्यान गइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *