काठमाडौं। विश्वव्यापी रुपमा महामारीको रुप लिएको कोरोना भइरसको जोखिमका कारण नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण र नविकरणको कार्य २०७६ चैत मसान्तसम्मका लागि स्थगन गरेको छ ।
कांग्रेसले क्रियाशील सदस्यता वितरण र नविकरण स्थगन गर्दै सचेतना अभियानमा सकृय हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले जानकारी दिए ।
प्राणघातक कोरोना भाइरसको जोखिम दृष्टिगत गरेर ठूला भेला र सम्मेलनहरु यसअघिनै कांग्रेसले स्थगित गरेको थियो । चौधौं महाधिवेशन तयारीसंग सम्बन्धित कृयाशिल सदस्यता नवीकरण र वितरण एवं बांकी समायोजन कार्य भने कांग्रेसले जारी राखेको थियो तर पछिल्लो समयमा अझ बढेको जोखिमबाट थप सतर्कताका लागि चैत्र ९ देखि लागु हुनेगरि ती कार्य ०७६ चैत्र मसान्तसम्मका कांग्रेसले पार्टी संगठन केन्द्रीत सबै गतिविधि स्थगित गरेको हो ।
पार्टी संठन केन्द्रित गविविधि स्थगित भए पनि शहरदेखि गाउँसम्म, गाउँको टोल हुँदै घरघरसम्मझ कोरोना सचेतना अभियानमा पार्टीपंक्तिको कृयाशिलता भने जारी रहने कांग्रेस प्रवक्ताले जनाएका छन् । सचेतना अभियानमा संचारका विविध माध्यमको प्रयोगमा तिब्रता दिइने प्रवक्ता शर्माले स्पष्ट पारेका छन् ।
जिल्ला, क्षेत्र, गाउँ,नगर हुँदै टोल तहसम्म जोखिम सामना गर्ने राष्ट्रीय दायित्व निर्वाहमा नेपाली कांग्रेसले विभिन्न क्षेत्रको समन्वयमा स्वयंसेविको भुमिका निभाउने पार्टी प्रवक्ता शर्मा द्वारा विज्ञप्तीमा उल्लेख छ । कोरोना सचेतना अभियानको आवश्यकता अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यालय खुला रहने पनि शर्मा स्पष्ट पारेका छन ।





